काठमाडौं । जेमी भार्डीको दुई गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले प्रभावशाली जित निकालेको छ ।आईतबार राति भएको खेलमा लेस्टरले घरेलु मैदानमा न्युक्यासल युनाईटेडलाई ५–० गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता लेस्टरले १६ औ मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । भार्डीले ५४ औ मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए । डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो ।
६४ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए । खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए ।
४३ औ मिनेटमा हेडेन रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।
जितपछि लेस्टर दोस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा २ अंकले पछाडी रह्यो । लिगको तेस्रो स्थानमा रहेको लेस्टरको ७ खेलबाट १४ अंक छ । न्युक्यासल ५ अंक सहित तालिकाको रेलिगेशन जोनमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
Comments