भक्तपुर । भक्तपुरमा चौंथो मिस्टर भक्तपुर तथा पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने भएको छ । भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा आउँदो असोज ३ गते शुक्रबार देखि दुइ दिने प्रतियोगिताको आयोजना गरिने आज भत्तपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष बाबुकाजी मानन्धरले प्रतियोगिताको प्रि जजिङ राउन्ड असोज ३ गते क्लब डिस्प्यारोडोमा र फाईन यचु पार्टी प्यालेस थिमिमा सम्मन हुने जानकारी दिए । उनले भने शारिरिक सुगठन प्रतियोगितामा ५५, ६०,६५, ७० तथा ७० भन्दा माथि तौल समुह गरि जम्मा पाँच बिधामा प्रतिस्प्रधा हुने जानकारी दिए ।
यस प्रतियोगिता जिल्ला भित्रकै क्वल संघ संस्थाबाट एक वजन समुहमा बढिमा दुई खेलाडी सहभागिता हुने र जम्मा १० खेलाडी सहित एक टिम म्यानेजरले सहभागिता जनाउन सकिने ब्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
महिला र पुरुष गरि दूई बिधामा आयोजना गरिने उक्त प्रतियोगितामा जम्मा ५० खेलाडीको सहभागिता रहेने जानकारी गराइएको छ ।
मिष्टर भक्तपुरको उपाधिका हात पार्न सफल खेलाडीलाई पचास हजार नगद सहित प्रमाण पत्र र ट्रफिको ब्यवस्था गरिएको छ भने दोस्रो हुनेका लागि पच्चीस हजार नगद, तेस्रोका लागि २० हजार, चौंथोका लागि १५ हजार र पाँचो स्थान हासिल गर्नेका लागि १० हजार नगद प्रदान गरिने छ ।
यस्तै महिला एथलेटिक्स फिजिक्स तर्फ उपाधि हासिल गर्ने प्रथमका लागि पच्चीस हजार नगद स्वर्ण पदक सहित प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रोको लागि पन्ध्रहजार र तेस्रो स्थानका लागि १० हजार उपलब्ध गराईने आयोजकाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ २७ शुक्रबार
Comments