काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् । बुधबार बिहान भएको क्वाटरफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग पराजित हुँदै पाँच पटकको च्याम्पियन फेडेरर अन्तिम आठबाट बाहिरिएका हुन् ।
७८ औं वरियताका दिमित्रोभले तेस्रो वरियताका फेडेररलाई ३-६, ६-४, ३-६, ६-४ र ६-२ को सेटमा पराजित गरे । योसँगै दिमित्रोभले पहिलो पटक फेडेररलाई पराजित गर्न सफल भएका छन् ।
जितसँगै दिमित्रोभ युएस ओपनको सेमिफाइनलमा समेत पुगेका छन् । अब दिमित्रोभले फाइनल प्रवेशका लागि रुसका डानील मेडभेदेबसँग खेल्ने छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १८ बुधबार
Comments