काठमाडौँ ।लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डायकले यस वर्षको ‘युईएफए वर्ष खेलाडीको अवार्ड’ ‘युईएफए प्लेयर अफ दि इयर’ जितेका छन् ।
युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डायकले अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा डायकलाई ‘प्लेयर अफ दि इयर’ अवार्ड प्रदान गरेको हो ।
युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डायकलाई अवार्ड दिएको हो । डायकले ३०५ अंक पाएका छन् । यस्तै मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन् । यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् । इंग्ल्याण्डकी स्ट्राइकर लुसी ब्रोन्जले महिलातर्फ युईएफए उत्कृष्ट महिला वर्ष खेलाडीको पुरस्कार ‘प्लेयर अफ दि वुमेन्स अवार्ड’ जितिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १३ शुक्रबार
Comments