काठमाडौँ । स्विस टेनिस स्टार रोजर फेडेरर युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा भारतीय खेलाडी सुमित नागललाई पराजित गर्दै फेडेररले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
तेस्रो वरियताका फेडेररलाई छनोटबाट आएका बिना वरियताका सुमितले निकै चुनौती दिएका थिए । पहिलो सेटमा फेडेररलाई सुमितले ६-४ ले हराएका थिए । तर, दोस्रो सेटबाट पुनरागमन गरेका फेडेररले ६-१, ६-२ र ६-४ ले जित निकाल्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए । महिलातर्फ अमेरिकी खेलाडी मेडिसन किजले दोस्रो चरणमा स्थान बनाएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार
Comments