काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम आज शुक्रबार) मलेसिया जाँदैछन् । मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टिम आज राति १० बजे मलेसिया जाने कार्यक्रम रहेको छ ।
मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले जोहारसँग सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
Comments