काठमाडौँ । बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख जर्मन कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सोमबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एनर्जी कोटबसलाई ३-१ गोल अन्तरले पराजित गर्दै वायर्न दोस्रो चरणमा पुगेको हो ।
कोटबसको घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, किग्सले कोम्यान र लियोन गोरेट्ज्काले एक एक गोल गरे । कोटबसका बेरकन टाजले एक गोल फर्काए ।
घरेलु टोलीविरुद्ध वायर्नले ३२ औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । ६५ औं मिनेटमा कोम्यानले वायर्नको अग्रता २-० को बनाए ।
८५ औं मिनेटमा गोरेट्ज्काले गोल गर्दा वायर्न ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा कोटबसका टाजले पेनाल्टीमा एक गोल फर्काएपनि वायर्न -(१ को जितसहित दोस्रो चरणमा पुग्न सफल भयो । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार
Comments