महिला फुटबल टीमको उपाधि भोक

0

काठमाडौं ।उपाधिको भोक कस्तो हुन्छ ? शायद नेपाली महिला फुटबल टीमलाई राम्रोसँग थाहा छ । मुखैमा आइसकेको शिकार ओकल्नुको पीडा पनि ।

गत चैतमा विराटनगरमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा चुकेको थियो । डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा अहिलेसम्मको पीडा भुलाउने र उपाधि उचाल्ने लक्ष्यका साथ नेपाली महिला टोली अहिले अभ्यासमा जुटेको छ ।

४० जना खेलाडीलाई राखेर आइतबारदेखि सुरु गरिएको बन्द प्रशिक्षणको एउटै लक्ष्य छ, गोल्ड मेडल ।

नेपाली महिला फुटबल टोलीकी कप्तान निरु थापा भन्छिन्, ‘मेरो लक्ष्य भनेको नेपाललाई सागमा गोल्ड मेडल जिताएर सन्यास लिने हो । त्यसका लागि मेहनत पनि गरेका छौं । पहिलेभन्दा दोब्बर परिश्रम गर्‍यौं भने पक्कै गोल्ड मेडल जित्छौं ।’थापा मात्र होइन, प्रशिक्षक र नेपाली टोलीका हरेक खेलाडीहरुमा उपाधिको भोक छ ।त्यसका लागि मेहनत पनि गरिरहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीमध्ये रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सम्झना लावती, मनिषा थापा, प्रिति राई, सविता राना मगर र मनिषा रावत गरी आठ जना पहिलो पटक राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा परेका हुन् ।

‘मैले टीम बनाउँदा उनीहरुको प्रदर्शनको आधार मान्ने हो’, प्रशिक्षक हरि खड्का भन्छन् ।

खेलाडीका रुपमा नेपाललाई सागमा स्वर्ण पदक दिलाइएका खड्कासामू प्रशिक्षकको भूमिकामा पनि गोल्ड मेडल जिताउने अवसर छ । यसलाई सदुपयोग गरेरै छाड्नेमा दृढ देखिएका खड्का भन्छन्, ‘जुनसुकै प्रशिक्षकको पनि जिम्मेवारी लिइसकेपछि गोल्ड मेडल जित्ने नै हुन्छ । त्यो लक्ष्य मेरो पनि छ ।’

त्यसमा खेलाडीहरुको पनि साथ छ । नेपाली टोलीका कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारी भन्छिन्, ‘हामी कमजोर छैनौं । हामीमा उपाधि जित्ने आत्मविश्वास छ ।’

डिफेन्समा जोड

नेपाली महिला टोलीको डिफेन्स लाइन कमजोर मानिएको छ । विराटगरमा भएको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले हार्दा डिफेन्स चुकेको थियो । डिफेन्स लाइनको पहिलो रोजाइमा मनमाया लिम्बु, हिराकुमारी भुजेल, गीता राना र पुनम जर्घामगर पर्ने गरेका छन् ।

आफू डिफेन्समा देखिएको कमजोरी सुधार गर्न केन्द्रित भएको प्रशिक्षक खड्काले बताए । उनले भने, ‘डिफेन्सिभमा जुन हिसाबले हामीले काम गर्नुपर्ने हो । त्यो साफ च्याम्पियनसिपको फाइनलमा देखिएन । त्यसमा अझ मेहनत गर्छौं ।’

मिडफिल्ड र फरवार्ड लाइनमा पनि सुधार आवश्यक छ । महिला टोलीका प्रशिक्षक खड्का भन्छन्, ‘टीमलाई सन्तुलनमा राख्नका लागि सबैको उत्तिकै महत्व हुन्छ । डिफेन्सले एउटा गोल छोडिदियो भने सिंगो टीमले हार्ने हो । फरवार्डले एउटा गोल हानिदिएन भने पनि त्यो समग्र टीमलाई दबाव हुन्छ।

एक्पोजर र मैदान दुबै अभाव

अन्य खेलले भन्दा महिला फुटबल टीमले केही ढिलो गरी सागको तयारीमा जुटेको छ ।

यसको कारण हो मैदान । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अहिले पुरुष फुटबल टीमको तयारी भइरहेको छ । त्यही मैदानमा यू–२३ पुरुष फुटबल टीमको अभ्यास हुनेछ । यू–१८ टीम जवलाखेलस्थित नेपाल आर्मीको मैदानमा अभ्यास गर्दा यू–१५ टीमले सेनाकै छाउनीमा अभ्यास गरिरहेको छ ।

महिला टीमलाई भने अभ्यास गर्ने मैदानकै अभाव रह्यो । आइतबार मात्र नक्सालस्थित पुलिस मुख्य कार्यालयको मैदानमा अभ्यास गर्ने व्यवस्था मिलाइएको छ ।

तर यहाँ पनि समस्या छ । पुलिसको नियमित तालिम चलिरहेकाले महिला फुटबल टीमले बेलुकी करिब साढे ५ बजेटबाट मात्र अभ्यास सुरु गर्न पाउँछ । कप्तान निरु थापा भन्छिन्, ‘मैदान अभावका कारण हामीले पूरै समय अभ्यास गर्न पाइरहेका छैनौं । अझै अभ्यास गर्न पाइयोस भन्ने नै हो ।’

पुलिस हेडक्वार्टरमा पनि राम्रो अभ्यास गर्न नपाए उपत्यका बाहिर जाने मुख्य प्रशिक्षक खड्काले बताए ।

प्रशिक्षणसँगै अर्को समस्या हो, एक्पोजर । साग अगाडि नेपाली टोली राम्रा टीमहरुसँग खेलेर आफूलाई परीक्षण गर्न चाहन्छ । कतिपय नयाँ खेलाडी दबावमा आत्तिने गरेका छन् भने अनुभवी खेलाडी पनि पिनिसिङमा चुकिरहेको छन् ।

यसलाई हटाउन म्याच एक्सपोजर चाहिने नेपाली टोलीका स्ट्राइकर सावित्रा बताउँछिन् । ‘भारतीय खेलाडी स्तरीय छन्, राम्रो म्याच एक्सपोजर पाइरहेका छन् । त्यसैले नतिजा आइरहेको छ’ उनले भनिन्, ‘ हामीलाई म्याच एक्सपोजर चाहियो ।’

कप्तान निरु पनि सावित्राको भनाइप्रति सहमत छिन् । अभ्यास गरेरै मात्र नपुग्ने भन्दै उनले भनिन्, ‘हामीले आफ्नो स्तर नाप्ने भनेकै मैत्रीपूर्ण खेलले हो । मैत्रीपूर्ण खेलको लागि हामीलाई कतै बाहिर लगिदिएको भए राम्रो हुने थियो ।’

प्रशिक्षक हरि खड्का भने मैत्रीपूर्ण खेलको लागि पहल भइरहेको बताउँछन् । ‘दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भन्ने छ तर कुन देशसँग भन्ने तय भइसकेको छैन’, प्रशिक्षक खड्काले थपे, ‘भारतकै स्तरको टीमसँग मैत्रीपूर्ण खेल खेल्ने छौं । म्यानमार, थाइल्यान्ड वा अरु कुनै राम्रो टीमसँग मैत्रीपूर्ण खेल हुनेछ ।’

प्रकाशित मितिः २०७६ साउन २७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション