काठमाडौं । अष्ट्रेलिया लिजेण्ड लेग स्पिनर शेन वार्न इंग्ल्याण्डको दि हण्ड्रेडु लिग टिम लण्डन स्प्रिटको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
लर्ड्सको क्लब लण्डन स्प्रिटले लिजेण्ड वार्नलाई शुक्रबार पहिलो सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पहिलो सिजनको दि हण्ड्रेडु लिग २०२० को अक्टोबरमा हुनेछ । जसमा ८ टिमले खेल्नेछन् । प्रतियोगिताको हरेक इनिङ्स एक सय बलको हुनेछ ।
दि हण्ड्रेडको परिकल्पनाबाट म निकै प्रभावित छु । लर्ड्सको क्लबको प्रशिक्षक हुँदा निकै गौरवाम्बित भएको छु, प्रशिक्षक नियुक्त भएपछि ४९ वर्षे प्रशिक्षक वार्नले भनेका छन् । क्रिकेट इतिहासमै महान स्पिन बलर मानिने वार्नले १४५ टेष्टमा ७०८ विकेट लिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २५ शनिबार
Comments