काठमाडौँ । ग्लोबल टी–ट्वान्टी क्रिकेटमा विनिपेग होक्स र भ्यानकुभर नाईट्सबीचको खेल बर्षाका कारण रद्व भएको छ । लगातार बर्षा भएर खेल सुरु हुन नसकेपछि खेल रद्व भएको घोषणा गरिएको थियो । खेल रद्व भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।
नेपालका ओपनिङ बलर सोमपाल डेब्यु खेलमा प्रभाव जमाउन असफल रहेका थिए । होक्स ६ खेलबाट ५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । उसले दुई बराबरी र तीन खेल हारेको छ । नाईट्स भने ६ खेलबाट ८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । उसले तीनमा जित, एकमा हार व्यहोरेको छ ।
प्रकाशित मितिः २०७६ साउन २२ बुधबार
Comments