काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ, र कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले कतारका फैसल जाभेदलाई १ रनमा क्याच आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका हुन् । कतारले २ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments