काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।
उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन् ।
नेपाली टोली तयारीका क्रममा विदेश भ्रमणमा समेत जाने तयारी छ ।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार।
Comments