काठमाडौँ । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेशले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।
यसअघिका चार खेल मध्ये दुईमा पराजित भएको र एकमा जित निकालेको वेष्ट इन्डिजको मात्रै तीन अंक छ । एक खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।
यस्तै चार खेलमा एकमा जित तथा दुईमा हार बेहोरेको बंगलादेशको पनि तीन अंक नै छ । बंगलादेशको एक खेल वर्षाका कारण प्रभावित भएको थियो । दुवै टिम प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्नका लागि राम्रो नतिजाको खोजीमा छन् ।
प्रकाशित मितिः २०७६ असार २ सोमबार
Comments