काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी सदस्यद्वय अन्जना मगर र पुजा रानाले भुटानी लिग खेल्ने भएका छन् ।
अर्को महिना सुरु हुन लागेको भुटानी लिगमा राष्ट्रिय महिला फुटबल टिमकी दुई महत्वपुर्ण सदस्यले खेल्ने तय भएको हो ।
दुवै खेलाडीले भारतको सनराइज फुटबल क्लबबाट महिला लिग खेल्नेछन् ।
महिला साफ यु–१९ खेल्न भुटान गएको समय नेपाली खेलाडीमा भुटानी क्लबले चासो देखाएका थिए ।
भुटानको महिला लिग जुलाई १२ बाट अगष्ट २८ सम्म सञ्चालन हुदैछ ।
अन्जना नेपालको महिला फुटबल टिमकी दोस्रो रोजाईको गोलकिपर हुन् । पुजा नेपाली महिला टिमकी नियमित डिफेन्डर हुन् ।
एन्फा स्रोतका अनुसार दुवै खेलाडीले भुटानी लिग खेल्ने पक्का भएको र केही दिनमा कागजी प्रक्रिया पुरा हुनेछ ।
यसअघि नेपालकी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिगमा सेथु फुटबल क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए ।
सावित्राकै प्रभावशाली प्रर्दशनमा सेथुले महिला लिगको उपाधि उचालेको थियो ।
प्रकाशित मितिः २०७६ असार १ आइतबार
Comments