काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने एक मात्र खेलमा दक्षिण एसियालीका दुई राष्ट्र श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् ।
श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ भने बंगलादेशले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । दुई टोलीबीचको पछिल्लो ५ भेटमा श्रीलंकाले ३ खेलमा र बंगलादेशले २ खेलमा जित निकालेको छ ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
Comments