काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय सानेलाई अनुबन्ध गर्न क्लबलाई सुझाब दिएका छन् ।
सिटीका युवा विंगर सानेसंग अद्भुत क्षमता रहेको बताउँदै लेवान्डोस्कीले क्लबले उनलाई अनुबन्ध गरेमा उनले वायर्नलाई थप उचाईमा लैजाने बताए । साने क्लबमा आउनेमा आफुलाई विश्वास रहेको समेत लेवान्डोस्कीले बताए ।
‘उ उत्कृष्ट खेलाडी हुन् । उसंग धेरै गुणहरु छ र धेरै क्षमता भएका खेलाडी हो ।’ लेवान्डोस्कीले भने । सिटीले यस सिजन प्रिमियर लिगसहित तीन उपाधि जित्दा जर्मनी सानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण लेवान्डोस्कीले सानेमाथि नजर लगाएका हुन् ।
उ कसरि उत्कृष्ट छ भन्ने मैले धेरै पटक देखेको छु । उ जस्तो खेलाडी हामीले चाडै ल्याउनु पर्छ । जसले टिमलाई सुधार गर्छ,’ लेवान्डोस्कीले थपे। वायर्नले यस सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको थियो । वायर्नको उपाधि यात्रामा लेवान्डोस्कीले पनि उच्च प्रदर्शन गरेका थिए । पोल्याण्डका लेवान्डोस्कीले २२ गोल गर्दै बुन्डेस लिगाको गोल्डेन बुट जितेका थिए । एजेन्सी
प्रकाशित मिति ः २०७६ जेठ १० शुक्रबार
Comments