एजेन्सी । फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको छ। सहभागी टोलीको सङ्ख्या बढाउन आवश्यक तयारीको लागि समय अपुग भएको भन्दै फिफाले ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको हो ।
यसअघिका विश्वकपमा ३२ टोलीको सहभागिता रहँदै आएको थियो । धेरै टोली सहभागी भएको खण्डमा कतारले आयोजनाको जिम्मेदारी सो क्षेत्रका अन्य देशसँग पनि बाँड्नुपर्ने हुन्थ्यो।
फिफा अध्यक्ष गियानी इन्फान्टिनोले गत कार्तिकमा विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका थिए ।
सन् २०२६ को विश्वकप चाहिँ अमेरिका, क्यानडा तथा मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। त्यो प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्।
प्रकाशित मिति : २०७६ जेठ ९, बिहिबार
Comments