काठमाडौं । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू–१६ राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।
थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेको नेपाली टोली आज अपरान्ह स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्यसचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले स्वागत गरेका थिए ।
थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments