काठमाडौं । स्पेनिस ला लिगाको बार्सिलोना उपाधिको नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा डिर्पोटिभो आल्भेसलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
बार्सिलोनाका लागि कार्लेस एलिना र लुईस स्वारेजले एक एक गोल गरे । खेलको ५४ औं मिनेटमा एरिनाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेनाल्टीमा स्वारेजले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ६८ तथा रियलको ६४ अंक छ । आल्भेस ४६ अंकसहित आठौं स्थानमा छ । बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग १२ अंकको अग्रता लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार
Comments