काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिता खेल्न नेपाली युवा टोली शनिबार मलेसिया जाँदैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली टोली आज अपरान्ह १ बजे मलेसिया जाने कार्यक्रम रहेको छ ।
नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेका थिए । छनोटका लागि मुख्य प्रशिक्षक बिनोद दासले रोहित पौडेलको कप्तानीमा मंगलबार नै १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
अप्रिल १० देखि २० सम्म हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । नेपालले छनोटको पहिलो खेल १२ तारिखमा सिंगापुर विरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेलमा युएईसँग, तेस्रो खेल मलेसियासँग, चौथो खेल युएईसँग र प्रतियोगिताको अन्तिम खेल कुवेतसँग खेल्नेछ ।
प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।
प्रकाशित मितिः२०७५ चैत २३ शनिबार
Comments