काठमाडौँ । इंग्लिश क्लब टोटेनहमले नयाँ रंगशाला ह्वाइट हर्ट लेन आज बुधबार बाट प्रयोग गर्दैछ । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत बुधबार राति क्रिष्टल प्यालेसविरुद्ध मैदान उत्रदै टोटेनहमले नयाँ घरेलु मैदानको उद्घाटन गर्नेछ । टोटेनहम र क्रिष्टलबीचको खेल राति १२ : ३० मा मा सुरु हुनेछ ।
नयाँ रंगशालाको उद्घाटन खेलमा टोटेनहम जित निकाल्ने योजनामा हुनेछ । लिगको चौथो स्थानमा रहेको टोटेनहमको ६१ अंक रहेको छ । निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो । घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो ।
यसअघि गत सेप्टेम्बर भित्र नयाँ मैदान तयार हुने बताईएपनि तोकिएको समयमा निर्माण कार्य सकिएको थिएन । समयमा काम नसकिदा क्लबले निर्माण कम्पनिलाई मार्च अन्तिमसम्मको समय दिएको थियो । नयाँ रंगशाला तयार भएसंगै टोटेनहम विश्वको ठुलो क्लब बनेको क्लबका अध्यक्ष ड्यानियल लेभीले बताए । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २० बुधबार
Comments