काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले अंक बाँडेका छन् । शनिबार भएको खेलमा टोटनहृयाम र आर्सनलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आर्सनलका लागि एरोन राम्सीले एक गोल गरे । टोटनहृयामका लागि ह्यारी केनले एक गोल गरे । खेलको १६ औं मिनेटमा राम्सीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । ७४ औं मिनेटमा केनले पेनाल्टीमार्फत बराबरी गोल गरी गर्दै टोटनहृयामलाई बराबरीमा ल्याए ।
एजेन्सी
प्रकाशित मितिः २०७५ फागुन १९ आइतबार
Comments