काठमाडौं । युभेन्टसले इटालियन सिरि ए फुटलबमा अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायमै राखेको हो ।
युभेन्टसका लागि पाउलो डिबाला, लिओनार्डो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा बोनुचीले गोल गरी युभेन्टसको अग्रता दोब्बर पारे । ६३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै युभेन्टस २४ खेलमा ६६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा पुछारदेखि दोस्रोमा छ ।
प्रकाशित मितिः २०७५ फागुन ४ शनिबार
Comments