काठमाडौं । बर्नेमाउथलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा बर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलका लागि साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ४८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।
जितसँगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक रहेको छ । पराजित बर्नेमाउथ ३३ अंकसहित ११ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ माघ २७ आइतबार
Comments