भक्तपुर । एडिफाई प्राइवेट स्कुल्स अर्गनाइजेशन नेपाल इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा जुनियरको उपाधि मदरल्याण्ड स्कुलले जितेको छ । यस्तै सिनियर तर्फको उपाधि ग्लोबल एकेडेमी स्कुलले जितेको छ ।
त्यसैगरी प्रतियोगिताको जुनियर र सिनियर दुवै तर्फको दोश्रो स्थान गूण्डुको हिमाल एकेडेमीले हात पारेको छ । जुनियर तर्फको तेश्रो स्थान नगरकोट फेदीको क्वालिटी सेकेण्डरी स्कुल र आयोजक सूर्योदय सेकेण्डरी स्कुल हात पारेका छन् साथै सिनियर तर्फको तेश्रो स्थान सूर्योदय सेकेण्डरी स्कुल र सुडालको पारीजात पिद्यापिठ स्कुलले जितेका छन् ।
इप्सनका सदस्य विद्यालयहरु बिच भएको अन्तर विद्यालय फुटसल प्रतियोगिताको समापन कार्यक्रमको राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ, इप्सन अध्यक्ष जिबि खड्का, शिक्षाविद् रामगोपाल कर्माचार्य लगायतले विजेता विद्यार्थीहरुलाई पदक तथा शिल्ड प्रदान गरेका थिए ।
प्रकाशित मितिः २०७५ माघ २३ बुधबार
Comments