काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आजै दुबईबाट अस्ट्रेलियाजाने भएका छन् । युएईविरुद्धको एकदिवसीय तथा टी २० सिरिज सकिए लगत्तै सन्दीप बिग बास लिग खेल्न अस्ट्रेलिया जान लागेको नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् ।
सन्दीप बाहेकको नेपाली टिम भने आजै अपराह्न काठमाडौँ फर्किदैछ । बिग बास लिगमा सन्दीपले ४ खेलमा ८ विकेट लिएका छन् । सन्दीप खेल्ने मेलवर्न अहिले लिगको चौथो स्थानमा रहेको छ । मेलवर्नको १२ खेलमा ६ जित र ६ हारसहित १२ अंकसहित चौथो स्थानमा छ भने लिगमा अझै दुई खेल खेल्न बाँकी रहेको छ । होबर्ट हुरीक्यान १९ अंकसहित शिर्ष स्थानमा छ भने सिडनी सिक्सर्स १६ अंकसहित दोस्रो र मेलवर्न रेनेगादेज पनि १६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
सन्दीपले मेलवर्न स्टार्सका अब समुह चरणका दुई खेल्न खेल्न पाउने छन् । सन्दीप फेब्रुअरी ८ मा ब्रिसबेन हिटविरुद्ध र फेब्रुअरी १० मा सिडनी सिक्सर्सविरुद्ध खेल्ने छन् । मेलवर्नले अब दुई मध्ये एक खेल जितेमा मात्र पनि बिग बास लिगको सेमिफाइनलमा पुग्ने छ ।
यस अघि बंगलादेश प्रिमियर लिग खेल्न फेरी जाने भनिएको भएपनि सन्दीप खेल्ने टीम सिलहट सिक्सर्स प्रतियोगिताको समुह चरणबाट नै बाहिरिएकोले सन्दीप अब अस्ट्रेलिया जान लागेका हुन् । सिलहट १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंक बटुलेर छैठौ स्थानमा रहदै बाहिरिएको थियो । सन्दीपले बिपिएलमा ६ खेलमा ४ विकेट लिएका थिए ।
प्रकाशित मितिः २०७५ माघ २१ सोमबार
Comments