काठमाडौं । एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेडद्वारा आर्सनल पराजित भएको छ । शुक्रबार राति आर्सनलको घरेलु मैदानमा भएको चौथो चरणमा युनाईटेडले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडका लागि एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । आर्सनलका लागि पेरिक एम्रिक आबुमियाङले एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा सान्चेजले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । ४३ औं मिनेटमा आर्सनलका आबुमियाङले गोल गर्दै खेल २–१ मा ल्याए । ८२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई ३–१ को जित दिलाए ।
प्रकाशित मितिः २०७५ माघ १२ शनिबार
Comments