काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा चौथौं स्थानमा रहेको चेल्सीले बर्नमाउथका क्यालम विल्सनलाई नजर लगाएको बताइएको छ । खबरका अनुसार बर्नमाउथबाट अहिले प्रिमियर लिग खेलिरहेका उनलाई ल्याउन चेल्सीले ५० मिलियन पाउण्डसम्म खर्चन सक्ने छ ।
चेल्सीले एसी मिलानका खेलाडी गोन्जालेज हिग्वेनलाई चेल्सीले ल्याउने तयारी गरिरहेको थियो । तर, चेल्सीले उनलाई ल्याउन नसकेको खण्डमा मात्र बर्नमाउथका यी खेलाडीलाई क्लबमा भित्र्याउने छ ।
स्काइस्पोटर््सका अनुसार चेल्सीले विल्सनको लागि ५० मिलियन पाउण्डसम्म खर्चन सक्ने जनाएको छ । चेल्सीका प्रशिक्षकले अर्जेन्टिनी खेलाडी हिग्वेनलाई ल्याउन प्रयास गरिरहेका भएपनि मिलानका डाइरेक्टरले उनलाई जान नदिने संकेत गरेका छन् ।एल्वारो मोराटा चेल्सीबाट बाहिरिन लागेकाले उनको स्थान पूर्ति गर्न चेल्सीले राम्रो फरवार्डको खोजी गरिरहेको छ ।
प्रकाशित मितिः २०७५ पुष २६ बिहिबार
Comments