काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । इटालियन क्लब युभेन्टसमा आवद्ध उनले सन् २०१८ को उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् ।
दुबईमा आयोजक ग्लोब सकरले उनलाई सो अवार्ड प्रदान गरेको हो । उनलाई बिहीबार राति नै सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् । रोनाल्डो रियल मड्रिडमा छँदा च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध गरेको ओभर हेड गोल उत्कृष्ट ठहरिएको थियो ।
यस्तै फ्रान्सलाई रसिया विश्वकपको उपाधि दिलाएका फ्रान्सका प्रशिक्षक ढिडीयर डेसच्याम्पले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्दा युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुईडीले प्लेयर क्यारियर अवार्ड जिते । यता उत्कृष्ट क्लबको अपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जित्दा ब्राजिलियन पूर्वफरवार्ड रोनाल्डोले प्लेयर क्यारियर अवार्ड जिते ।
प्रकाशित मितिः २०७५ पुष २० शुक्रबार
Comments