काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट दशौं चरणका खेल हुँदै छन्। लिगमा आज ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा दुई खेल सञ्चालन हुँदै छन् ।
मुख्यालयमा हुने पहिलो खेलमा सरस्वतीले मच्छिन्द्रको सामना गर्दै छ । सो खेल ११ः०० बजे शुरु हुने छ । २ः३० बजे हुने अर्को खेलमा तालिकाको छैटौं स्थानमा रहेको हिमालयन शेर्पाले फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दै छ।
तेस्रो खेल हलचोकस्थित एपिएफको मैदानमा २ः३० बजे हुनेछ। हलचोकस्थित एपिएफको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबले अन्तिम स्थानमा रहेको न्युरोड टिम एनआरटी को सामना गर्दै छ।
प्रकाशित मितिः २०७५ पुष ६ शुक्रबार
Comments