काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार दुई खेल हुँदैछन् । नवौं चरणको अन्तिम दिन आज दुई खेल हुन लागेका हुन् ।
आजको पहिलो खेल बिहान ११ बजे हुनेछ । जसमा बिग्रेड ब्वाईज र नेपाल पुलिस क्लब भिड्दैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने सो खेलमा विभागीय टिम पुलिसले तालिकाको पुछारतिर रहेको ब्रिगेड ब्वाईजसंग खेल्नेछ ।
आजको खेलमा पुलिसको लक्षय भनेको बिग्रेडविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हो । पुलिस १४ अंकसहित तालिकाको पाँचौ स्थानमा छ भने ४ अंक भएको ब्रिगेड तालिकाको १२ औ स्थानमा छ । यस्तै आज हुने अर्को खेलमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मितिः २०७५ पुष ४ बुधबार
Comments