काठमाडौं । जारी स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको छ । आफ्नो १४ औं साताको खेल खेलेको रियलले भ्यालेन्सियाविरुद्ध २–० को जित निकालेको हो ।
रियलका लागि लुकास भज्क्वेजले एक गोल गरे भने एक गोल भ्यालेन्सियाका डेनियल वासले उपहारस्वरुप दिए । रियलकै घरेलु मैदानमा भएको खेलमा डेनियलले आत्मघाती गोल गर्दै रियललाई अग्रता बनाइदिए ।
उनले आठौं मिनेटमा आत्मघाती गोल गरेपछि पहिलो हाफ रियलले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफमा रियलले एक गोल गर्यो । रियलका लागि लुकासले ८३ औं मिनेटमा गोल गर्दै २–० को जित दिलाए ।
जितसँगै रियलले १४ खेलबाट २३ अंक बनाएको छ । उसले ७ खेलमा जित, २ खेलमा बराबरी र ५ खेलमा पराजय भोगेको छ । यस्तै लिगको शीर्ष स्थानमा भने सेभिल्ला रहेको छ । सेभिल्लासँग १३ खेलबाट २६ अंक छ । यता पराजित भ्यालेन्सिया भने १३ औं स्थानमा खस्किएको छ । उसले १४ खेलबाट १७ अंक बनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments