काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस टोली चेल्सीले शानदार जित निकालेको छ । गत राति भएको समूह चरणको खेलमा चेल्सीले आफ्नो घरमा पाओकलाई ४–० को फराकिलो हार चखायो ।
आफ्नो घरमा भएको खेलमा चेल्सीलाई जिताउन फ्रेन्च फरवार्ड ओलिभर जिरउडले व्यक्तिगत २ गोल गरे । उनले खेलको २७औं र ३७औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा पनि चेल्सीले २ गोल थप्यो । जहाँ ६०औं मिनेटमा हुडसन ओडिओले तेस्रो गोल गरे भने ७८औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै घरेलु टोलीलाई ४–० ले जित दिलाए । यससँगै चेल्सी ५ वटै खेल जितेर आफ्नो समूहको शीर्ष स्थानमा बसेको छ । उसको खातामा १५ अंक छ ।
प्रकाशित मितिः २०७५ मंसिर १४ शुक्रबार
Comments