काठमाडौं । इटालिल क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले यसपटक आफ्नो क्लबले युरोपियन च्याम्पियन्स लिग जित्ने दाबी गरेका छन । हाल अन्तर्राष्ट्रिय खेलका लागि अर्जेन्टिनी टोलीमा रहेका डिबालाले मिडियासँग बोल्दै यस्तो दाबी गरेका हुन् ।
डिबालाले युभेन्टस आफैंमा एक बलियो टोली रहेको बताउँदै क्रिस्टियानो रोनाल्डोको आगमनपछि टोली झन् बलियो भएको बताएका छन् । उनले रोनाल्डोले टोलीलाई ठूला उपाधि जिताउन ठूलो योगदान दिनेमा आफूहरू ढुक्क रहेको बताए ।
‘यसपटक हामीसँग च्याम्पियन्स लिग जित्ने ठूलो असर छन्,’ डिबालाले भनेका छन्, ‘रोनाल्डोले हामीलाई ठूलो योगदान दिनेमा टिमका सबै सदस्य आशावादी छौं । ’
डिबालाले रोनाल्डो उत्कृष्ट खेलाडी रहेको बताउँदै उनले आफूलाई इटालीमा पनि प्रमाणित गर्ने बताए । ‘उनी उत्कृष्ट खेलाडी हुन्, यसमा दुईमत छैन,’ डिबालले थपे, ‘उनले यहाँ लय समातेका छन् । र, हामी यस सिजन साँच्चै राम्रो खेलिरहेका छौं ।’
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments