काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत भएको खेलमा दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको आफ्नो घरमा मेक्सिकोलाई २–० ले स्तब्ध बनायो । आफ्ना सुपरस्टार खेलाडी लिओनल मेस्सीबिनाको अर्जेन्टिनाले रसिया विश्पकपपछि अर्को जित निकाल्न सफल भयो ।
आफ्नो घरमा भएको खेलमा अर्जेन्टिनाका लागि सुरुआती गोल ४४औं मिनेटमा रामिरो फुनेसले गरेका थिए । उनकै गोलको मदतमा अर्जेन्टिनाले पहिलो हाफमा १–० को लिड लिएको थियो ।
त्यसपछि खेलको अन्त्यतिर मेक्सिोकोले आफ्नै पोस्टमा गोल हान्यो । ८३औं मिनेटमा मेक्सिकोका इसारक ब्रिजुएलाले आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनालाई २–० को सहज जित निकाल्यो ।
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments