भक्तपुर । ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसँग आइतबार खेल्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ः १५ देखि याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुने छ ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।छनोटको समूह सी मा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश छन् ।म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५–० ले हराएर आफुलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसंग १९१ गोलको बराबरी खेलेको थियो ।
।
म्यानमारले बंगलादेशलाई ५–० ले हराएर ३ अंक जोडि सकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ । म्यानमारसँग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments