पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज विजयी भएका छन् ।
पोखरा रंगशालामा भएका खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रन तथा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरोका हुन् ।
पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५० रन बनाएपछि पोखराले १५१ रनको लक्ष्य पाएको थियो ।
बुटवल ब्लास्टर्सले १ ५१ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन मात्र जोड्न सक्यो।
यसैगरी पहिलो खेलमा टस जितेर सन्दीप लामिछानेको टिम विराटनगरले पहिले बलिङ रोजेको थियो । दिपेन्द्र सिंह ऐरीको धनगढीले ब्याटिङ गरेको थियो ।
धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो ।
प्रकाशित मितिः २०७५ कार्तिक ११ आइतबार
Comments