काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो ।
बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरे भने भ्यालेन्सियाका लागि इजिक्वेल गेराईले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाले खेलको दोस्रो मिनेटमा नै इजिक्वेल गेराईले गोलले अग्रता लियो । तर, २३औं मिनेटमा बार्सिलोनाका मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बाँकी समयमा गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
भ्यालेन्सियासँग बराबरीमा रोकिएपछि बार्सिलोना दोस्रो स्थानमा झरेको छ । सेभिल्ला १६ अंक सहित शीर्ष स्थानमा रहदाँ बार्सालोना १५ अंक सहित दोस्रो स्थानमा छ । लेन्सिया ९ अंंक सहित तालिकाको १४ औ स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments