काठमाडौं । नेपाल साफ यु १८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३,२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा निर्धारित समयसम्म १–१ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
जसमा नेपालले ३–१ ले बाजी मार्यो । नेपालकी गोलरक्षक अन्जना रानामगरले भारतका दुई प्रहार रोकेकी थिइन् भने एक प्रहार बाहिरिएको थियो । नेपालको एक प्रहार बाहिरिएपनि रेखा पौडेल र अन्जनाले गोल गरेका थिए ।
पहिलो हाफमा १.० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १.१ को बराबरीमा पुर्याएकी थिइन् ।
बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments