काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले सहज जित जर्ता गरेको छ । गत राति एथ्लेटिकोको घर मड्रिडमा भएको खेलमा उसले पाहुना टोली क्लब ब्रुगीविरुद्ध ३–१ को जित निकालेको हो ।
एथ्लेटिकोलाई आफ्नो घरमा जिताउन स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले खेलको २८ र ६७औं मिनेट गरी २ गोल गरे । अर्को गोल ९० मिनेटपछि थपिएको समयमा कोकेले गरे । यता, पराजित ब्रुगीका लागि डान्जुमाले १ गोल गरे ।
गत राति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले फ्रेन्च क्लब मोनाकोलाई ३–० ले हरायो । आफ्नो घरमा भयो खेलमा डर्टमुन्डलाई जिताउन जाकोब लार्सेनले ५१, पाको अल्कासेर ७२ र मार्को रेउसले ९० मिनेटपछि थपिएको समयमा गोल गरे । अब डर्टमुन्ड र एथ्लेटिको आफ्ना दुवै खेलमा जित निकालेपछि समान ६–६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०७५ असोज १८ बिहिबार
Comments