काठमाडौं । जर्मन लिग बुन्डेसलिगामा हर्था बर्लिनले यो सिजन अपराजित रहेको लिग लिडर बार्यन म्युनिखको यात्रामा पूर्णविाम लगाइदिएको छ । गत राति भएको लिगको छैटौं हप्ताको खेलमा उसले आफ्नो घरमा बार्यनलाई २–० ले हरायो । यससँगै बार्यनले यो सिजनको पहिलो पराजय भोगेको छ ।
हर्थाको जितमा पहिलो गोल इविसेविकलले गरे । उनले २३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा डुडाले दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्यनले गोल गर्न नसकेपछि खेल हर्थाले २–०ले जित्यो ।
यो जितसँगै हर्थाले अंक तालिकामा बार्यनसँग बराबरी गरेको छ । उसले ६ खेलबाट १३ अंक बनाएको छ । यद्यपि, बार्यन अझै पनि शीर्ष स्थानमा कायमै छ । ऊ हर्थाभन्दा गोलअन्तरमा अघि छ । उता, एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको खातामा ११ अंक छ । आज हुने आफ्नो खेलमा जिते ऊ शीर्ष स्थानमा चढ्ने छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज १३ शनिवार
Comments