काठमाडौं । सन् २०२४ को युरोकप फुटबल प्रतियोगिता आयोजनाको अवसर जर्मनीको पोल्टामा परेको छ। बिहिबार युरोपियम फुटबल युनियन यूइएफएको कार्यकारिणीले मतदानबाट उक्त टुङ्गो लगाएको हो। मतदानअघि दुबै देशले आफ्नो दाबीदारीको लागि स्वीजरल्यान्डमा अन्तिम प्रस्तुति दिएका थिए।
एकिकृत जर्मनीका रूपमा उसको यो पहिलो युरो कप आयोजना हुनेछ। सन् १९८८ मा पश्चिम जर्मनीले यस प्रतयोगिताको आयोजना गरेको थियो। टर्कीले आजसम्म कुनै पनि महत्वपूर्ण अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्ने अवसर पाएको छैन।
टर्कीले यसअघि सन् २००८, २०१२ तथा २०१६ मा पनि दाबेदारी प्रस्तुत गरेको थियो। उसले २०२० को गृष्मकालिन ओलम्पिकको लागि पनि दाबेदारी प्रस्तुत गरेको थियो। जर्मनीले सन् २००६ मा विश्वकप फुटबल आयोजना गरिसकेको छ। सन् २०२४ को युरोकप आयोजना २०२० पछि एक राष्ट्र मात्र आयोजक रहने गरी फर्किनेछ।
आयोजकको घोषणा गर्नु अघि युइएफए अध्यक्ष एलेकसान्देर सेफ्रिनले जर्मनी तथा टर्की दुबैको दाबेदारी उत्तिकै बलियो रहेको बताएका थिए। मानवअधिकार, पर्याप्त होटलको कमी तथा कार्योयोजनाका कारण टर्कीले अवसर गुमाएको अन्तराष्ट्रिय मिडियाले आफ्नो समाचारमा उल्लेख गरेका छन्।
प्रकाशित मितिः २०७५ असोज १२ शुक्रबार
Comments