काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको भारतले चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा चेतेश्वर पूजाराको सतकीय प्रदर्शनले उत्कृष्ट ब्याटिङ गरेको छ। साउथह्याम्पटनमा शुक्रबार आफ्नो पहिलो पारी ब्याटिङ गरेको भारतले चेतेश्वर पूजाराको नटआउट १३२ रनको सहयोगमा २७३ रन बनाएको थियो।
टेस्ट क्रिकेटमा १५औं तथा इंग्ल्याडमा पहिलो टेस्ट शतक प्रहार गरेका पुजाराले १६ चौका हानेका थिए। यो सँगै भारतले इंल्याण्डमाथि २७ रनको अग्रता लिएको छ। यस्तै कप्तान विराट कोहलीले ७१ बल खेल्दै ६ चौकासहित ४६, शिखर धवनले ५३ बल खेल्दै २३, केएल राहुलले २४ बल खेल्दै १९ तथा इशान्त शर्माले २७ बल खेल्दै १४ रन बनाएका थिए।
इंग्ल्याण्डका माइन अलीले पाँच विकेट लिएका थिए। यस्तै स्टुअर्ट ब्रोडले तीन विकेट हात पारे। यसअघि पहिलो पारीमा २४६ रन बनाएको इंग्ल्याण्डले शुक्रबार नै दोस्रो पारीको ब्याटिङ्ग थालेको छ। उसले दिनको खेल सकिँदासम्म बिना विकेटको क्षतिमा ६ रन बनाएर खेलिरहेको छ।
भारतीय पारीमा पुजारा रहे। उनले पहिले कप्तान विराट कोहलीसँग ९२ रनको साझेदारी गरेका थिए। ४६ रनको व्यक्तिगत स्कोरमा कोहली आउट भएपछि भारतीय इनिङ्स धर्मराएको थियो। यस क्रममा उनले तल्लो क्रममा ब्याटसमेन ईशान्त शर्मासँग ३२ तथा जसप्रीत बुमराहसँग ४६ रनको साझेदारी गरेका थिए।
३३५ मिनेटसम्म क्रिजमा रहेका पुजाराले २५७ बल खेलेका थिए। पुजाराको इंल्याण्डविरूद्ध यो पाँचौ सतक हो। भारतले १९५ को स्कोरमा आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो। यस्तोमा पुरजाराले अन्तिमसम्म नटआउट रहेर पछिल्ला ब्याट्समेनसँग ७८ रनको साझेदारी गर्दै भारतलाई पहिलो पारीमा अग्रता दिलाइ छाडे। पाँच टेस्टको शृङ्खलामा भारत २–१ पछि रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १६ शनिबार
Comments