भक्तपुर । म्यानचेस्टर युनाइटेडले मोउरिन्होको विकल्प खोजिरहेको एक मिडिया रिपोर्टमा उल्लेख छ । खेलाडीहरुसँगको सम्बन्ध बिग्रिएको र त्यसको असर खेलमा समेत देखिएपछि म्यानुले उनको विकल्प खोज्न थालेको बताइएको छ । उनको विकल्प पुर्व रियल मड्रिडका स्टार प्रशिक्षक जिनेदान जिदान हुनसक्ने बताइएको छ ।
उनले रियलमा छदाँ ३ च्याम्पियन्स लिग उपाधि र एक ला लिगा उपाधि जिताउन सफल भएका थिए । तीन वर्ष रियलमा बिताएका उनले गएको सिजन सकिए लगत्तै रियल छोड्ने निर्णय लिएका थिए ।
मोउरिन्होको ट्याक्टिसले काम गर्न छोडेको र उनको योजना विस्तारै फेल हुँदै गएको फुटबल विश्लेषकहरुको भनाइ छ । म्यानुले छिट्टै नै मोउरिन्होलाई निकाल्ने र जिदानलाई नियुक्त गर्ने हल्ला व्यापक चलेको छ ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार
Comments