भक्तपुर । इंगलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदै छन् । गत साता सुरु भएको नयाँ सिजन अन्तर्गत शनिबार चेल्सी, आर्सनल, टोटेनहम, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
१ । पहिलो खेलमा कार्डिफ सिटी र न्युकासल युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । कार्डिफको मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ ।
२ । नेपाली समय अनुसार बेलुका ७ः४५ बजे चार खेल हुनेछ । एभर्टनले साउथह्याम्पटन, लेष्टर सिटीले वुल्भ्स, टोटेनहमले फुलहम र वेष्ट ह्याम युनाइटेडले बोर्नेमाउथसंग प्रतिस्पर्धा गर्नेछन् ।
३ । चेल्सी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ सुरु हुनेछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।
प्रिमियर लिगको पहिलो चरणको खेल सकिदा लिभरपुल शीर्ष स्थानमा रहेको छ । चेल्सी दोस्रो र बोर्नेमाउथ तेस्रो स्थानमा छ । यस्तै क्रिष्टल प्यालेस, म्यानचेस्टर सिटी, वाट्फोर्ड, म्यानचेस्टर युनाइटेड र टोटेनहमले सिजनको पहिलो खेलमा ३ अंक जोडिसकेका छन् ।
प्रकाशित मितिः २०७५ भदौ २ शनिवार
Comments