भक्तपुर । लियोनल मेसीले अर्जेन्टिनाबाट यो वर्ष सन् २०१८ भर नखेल्ने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार सार्वजनिक भएको छ । सन् २००५ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाबाट १ सय २८ खेलबाट ६५ गोल गरिसकेका छन् ।
पाँच पटकका बालोन डी ओर विजेता भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने नयाँ प्रशिक्षकको आगमनपछि तय हुने बताइएको छ ।३१ वर्षे मेस्सी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन् । रसिया विश्व कपमा अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो ।
त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो । मेस्सीलार्ई २०१८ को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारहरुमा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments