भक्तपुर ३० साउन । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपालले आज बिहिबार भियतनामसँग खेल्दै छ । एसियाली पावर हाउस जापानसँग झिनो अन्तरले पराजित नेपालले दोस्रो खेलमा भियतनामसँग खेल्न लागेको हो ।
नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजय बेहोरेको नेपाल आज भियतनामविरुद्ध जित वा बराबरी खेल्दै अघिल्लो चरणको सम्भावना कायम राख्न चाहन्छ ।
यता, भियतनामले पहिलो खेलमा पाकिस्तानलाई ३ – ० ले हराएर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाईसकेको छ । त्यसैले नेपाललाई हराएर भियतनाम दोस्रो चरणको यात्रा गर्न चाहन्छ ।
आज नेपालले भियतनामलाई पराजित गरे नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम रहन्छ । तर, भियतनामसंग पराजित भएमा वा पाकिस्तानविरुद्ध जापानले जित निकालेमा नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ । एजेन्सी
Comments