भक्तपुर २७ साउन । नेपाली यू १५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा पुगेको हो ।
थिम्पुस्थित चालिमिथाङ रंगशालामाभएको खेलमा ८ औ मिनेटमा अनुष्का शेर्पाको गोलबाट नेपालले अग्रता लिएको थियो । १४ औ मिनेटपछि सविना राना मगरले नेपालको अग्रतालाई दोब्बर बनाएकी थिईन् ।५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् ।
समुह बी बाट नेपाल र बंगलादेश सेमिफाईनल पुग्न सफल भएका छन् । समुह चरणका दुवै खेलमा पराजित हुँदै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । समुह चरणमा नेपाल र बंगलादेशले समान ३ अंक जोडेका छन् । यस्तै नेपालले अब समूह चरणको दोस्रो खेलमा अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । त्यही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ ।
Comments