भक्तपुर २७ साउन । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । टोटनहृयामले शनिबार भएको आफ्नो पहिलो खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोल अन्तरले हराएर विजयी सुरुवात गरेको हो ।
टोनह्यामको जितमा जान भेर्टोङहेन र डेले अलीले गोल गरे । न्यु क्यासलका जोसेलुले एक गोल फर्काए । न्यूक्यासलको घरेलु मैदानमा भएको खेलमा टोनहृयामले आठौं मिनेटमा जन भिटोङगनको गोलबाट अग्रता लिएको थियो ।
११ औं मिनेटमा न्युकासलका जोसेलुले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । १८ औं मिनेटमा अलीले गोल गर्दै टोटेनहमलाई २–१ को महत्वपूर्ण जित दिलाए । जितसंगै टोटेनहमले महत्वपूर्ण ३ अंक जोडेको छ । एजेन्सी
Comments