भक्तपुर २५ साउन । नयाँ सिजनको इंग्लिश प्रिमियर लिग फुटबल आज रातिबाट सुरु हुँदैछ । युरोपेली क्लब फुटबलकै सबैभन्दा ठुलो प्रतियोगिताको नयाँ सिजन आज रातिबाट सुरु हुन लागेको हो । करिब ९ महिना चल्ने प्रतियोगितामा इङ्ल्याण्डका शीर्ष डिभिजनका २० क्लबले प्रतिस्पर्धा गर्नेछ ।
गत सिजनका उत्कृष्ट १७ क्लब र च्याम्पियन्स लिगबाट बढुवा भएका ३ क्लबले यस सिजनसमेत आफुलाई अब्बल सावित गर्ने प्रयास गर्नेछन् । सबै क्लबले होम एण्ड अवेका आधारमा डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वान्डरर्स रहेका छन् ।
गत सिजनको प्रिमियर लिगको उपाधि म्यान्चेष्टर युनाईटेडले जितेको थियो । नयाँ सिजनको उद्घाटन खेलमा म्यान्चेष्टर युनाईटेड र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछन् । एजेन्सी
Comments